काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको…