एजेन्सी । चीनले तीनजना अमेरिकी पत्रकारलाई देश निकाला गरको छ । अमेरिकी पत्रिकासँग आबद्ध तीनजना पत्रकारहरुलाई चीनले आफ्नो देशबाट निष्कासन गरेको हो । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि त्यसको प्रत्युत्तरमा चीनले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको…