झापा । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा…