३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

सिद्धार्थ क्याम्पसमा अनुसन्धान कार्यशाला प्रारम्भ



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको वाणगंगा बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पस व्यवस्थापन संकायको आयोजनामा तीन दिने अनुसन्धान प्रतिवेदन लेखन कार्यशालाको विहीबार उद्घाटन भएको छ । कार्यशालाको उद्घाटन गर्दै क्याम्पस संचालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्लेले खोज र अनुसन्धानको माध्यमबाट शिक्षाले समाज एवम आर्थिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खेमराज शर्माले सिद्धार्थ क्याम्पस अनुसन्धान एवम शैक्षिक गुणस्तर अभिवृद्धिमा आफुलाईअब्बल बनाउदै लगेकोमा जोड दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षामा अनुसन्धानको महत्वबारे चर्चा गर्दै आर्थिक एवम व्यवसायिक वस्तु स्थितिको  स्पष्ट जानकारी र यथार्थ विश्लेषण तथ्यपरक अनुसन्धानबाट मात्रै सम्भव भएको औंल्याउनु भयो ।

क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय स्नातक तह चौथो वर्षका विद्यार्थीलाई लक्षित गरी आयोजना गरीएको कार्यशालाको उद्घाटन सत्रमा सिद्धार्थ क्याम्पसका प्राध्यापक गोविन्द खनाल, इन्द्रामणि पाण्डे, उमेश कुमार सापकोटा, उज्ज्वल अधिकारी लगायतले बोल्नुभएको थियो ।

व्यवस्थापन संकाय प्रमुख कमल प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन सम्राट रेग्मीले गर्नुभएको थियो । सैद्धान्तिक र प्रयोगात्मक गरी कार्याशाला ३ दिन सम्म संचालन हुने प्राध्यापक संजय नेपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  ८ : ४६ बजे