सप्तरी । अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ । तिरहुत गाउँपालिका–३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी यादवको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाएर छाडेका थिए । स्थानीयको खबरपछि तत्कालै राजविराजस्थित अञ्चल अस्पतालबाट…