२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

काठमाण्डौमा दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु



काठमाण्डौ ।
काठमाण्डौमा बुधबारदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु भएको छ । होटल हायातमा सुरु भएको सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने आयोजक नेपाल उद्योग परिसंघले जनाएको छ ।
गएको वर्षको लगानी सम्मेलनको फलोअपको रुपमा समेत हेरिएको सम्मेलनमा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, जलविद्युत्, कृषि लगायतका आयोजना प्रदर्शनी गरिने छ ।
सबै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेत सहभागी हुने सम्मेलनमा पूर्वाधार क्षेत्रलाई केन्द्रीत गरेर विभिन्न कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । सम्मेलन बिहीबार सकिँदैछ ।

प्रकाशित मिति : २५ भदौ २०७६ बुधबार ००:००  १ : ०१ बजे