वीरगञ्ज । बारामा एक जना सरकारी कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । आन्तरिक राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटर सुदिप लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । सोमबार साँझ जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १, सिमराको एक किराना पसलको अगाडिबाट लामालाई घुस लिएको ४० हजार रुपैयाँसहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको…