१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

दाङमा पहिले मोटरसाइकल ठोक्किए, पछि ट्रकले किचेर दुई युवकको ज्यान गयो



मायादेवी अनलाइन, दाङ
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही भालुबाङ सडक खण्डको पिपरीमा सोमबार बेलुका भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घोराही, १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही, ४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ। लु १९ प ५५०६ र रा ३ प २०६१को मोटरसाइकल एक आपसमा ठोक्किएलगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसलगत्तै घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ भदौ २०७६ मंगलबार ००:००  ६ : ३४ बजे