१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कम्प्युटर अपरेटर ४० हजार घुस सहित रंगेहात पक्राउ



वीरगञ्ज ।
बारामा एक जना सरकारी कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । आन्तरिक राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटर सुदिप लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
सोमबार साँझ जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १, सिमराको एक किराना पसलको अगाडिबाट लामालाई घुस लिएको ४० हजार रुपैयाँसहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
पक्राउ परेका लामाले लामो समयदेखि कारोबार नभएको पान नम्बर बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गर्दै आएका थिए ।
घुस माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ भदौ २०७६ मंगलबार ००:००  १ : ३१ बजे