काठमाडौं । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । निरन्तर वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी, ललितपुरको पाटनलगायत स्थानमा पानी जमेर आवतजावतमा समेत समस्या भएको छ । पानी जमेपछि बिहानैदेखि पैदलयात्री र सवारी साधन चलाउनेहरुलाई अप्ठेरो भएको छ । विभिन्न सडक तथा नाली निर्माणको…