एजेन्सी । लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा पल्टिँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार उक्त डुंगा ट्युनिसिया नजिकको समुद्री क्षेत्रमा दुर्घटनामा परेको हो । यूएनएचसीआरका तर्फबाट जारी विज्ञप्तिमा दुर्घटनामा परेका १६ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका व्यक्तिहरुका अनुसार बिहीबार लिबियाबाट युरोपतर्फ प्रस्थान गरेको डुंगा…