४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मुस्ताङमा हिमपात हवाई, यातायात, सञ्चार सेवा अवरुद्ध

म्याग्दी । शुक्रबार साँझदेखि भएको वर्षा र हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङमा यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हिउँ सडकमै जमेपछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेतेमा सडक अवरुद्ध बनेको हो । सडकमा हिउँ जमेपछि सवारीसाधन जाममा फसेको हुँदा सवारी आवागमन अवरुद्ध भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमार्फत बताउनुभयो…