११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेविसंघका महामन्त्री काफ्ले खतरामुक्त 

काठमाडौं । हृदयघात भएपछि बाँसबारीमा रहेको शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भर्खरै चिकित्सकले दिनुभएको जानकारीअनुसार उहाँ खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिनुभयो । काफ्लेलाई आज बिहान ९ः४५…