१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काभ्रेमा आत्महत्या बढ्यो, ३ वर्षमा ३५१ ले ज्यान गुमाए

बनेपा । काभ्रे जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। बढ्दो आधुनिकीकरण सँगै व्यक्तिमा हुने सामाजिक आर्थिक,मानसिकलगायत विभिन्न समस्याका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेमा भने पछिल्लो तीन वर्षमा ३५१ जनाले आत्महत्या गरेका छन्। भने आर्थिक वर्ष २०७३ र ०७४ मा…