२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

हलिउड अभिनेता मोर्गन नेपालमा



काठमाडौं ।
हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल आएका छन्। युनिभर्सिटी अफ नर्थ टेक्ससको आधिकारीक ट्विटरमा मोर्गन नेपाल आएको बताएको छ। उनी ुद स्टोरी अफ गडु नामक टेलिसिरियलको छायांकनका लागि नेपाल आएका हुन्। मोर्गन नेपालको विभिन्न ठाउँको घुम्ने योजनामा छन्। ८१ वर्षीय मोर्गनले अस्कर अवार्ड पनि जित्न सफल भएका छन्। उनले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। फिल्म ुइन्भिक्टसुमा उनले नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए। जुन एकदमै चर्चित पनि भएको थियो।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  ९ : १४ बजे