तिनाउ । गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने काममा सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ। उहाँले दिगो शान्ति, सुशासन, विकास र समृद्धि वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभयो। अध्यागमन कार्यालय बेलहिया, रूपन्देहीको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले सेवा प्रवाहलाई सरल, सहज बनाउँदै देशमा लगानीमैत्री वातावरण बनाउने काममा सरकार लागि परेको…