१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

कफी खेतीमा आकर्षित हुँदै मदानेका कृषक

गुल्मी ।पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफी खेतीमा आकर्षित हुन थालेका छन्। मदाने गाउँपालिका-३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यति बेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पादन गर्न थालेका हुन्। तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफी खेतीप्रति आकर्षित गराउन तालिकासहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका…