काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज काठमाण्डौमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जा आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद रहेको बताउनुभएको हो । उहाँले अहिले दुई तिहाइको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने…