कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीमा ‘घरघरमा करेसाबारी, खाने आफ्नै तरकारी’ कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रम विहिबार एक विद्यालय परिसरमै तयार पारिएको करेसाबारीमा तरकारीका विरुवाहरु रोपेर सुरु गरिएको विद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ‘ईश्वर’ ले जानकारी दिए । उनका अनुसार करेसाबारीमा टमाटर, मुला, गोपी, लसुन, आलु, धनिया आदिका…