काठमाडौं ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सोमवारदेखि आउँदो शुक्रवारसम्म देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुुसार मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले आजदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी…