काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। मंगलबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले सोमबारर एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा एक/एक रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा…