काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान नै संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गर्ने भएको छ । विधान संशोधनको सिफारिस गर्न महामन्त्री मुकुल ढकालको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको छ । महामन्त्री ढकालका अनुसार विद्यमान विधान संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिनेछ । हालको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति…