१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं ।साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो। कथाकार पराजुलीका आधा दर्जन किताब प्रकाशित भएका छन्। उनी केही समयदेखि निमोनियाबाट ग्रसित थिए। उनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ।