१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल



काठमाडौं ।
युरो २०२४ छनोट अन्तर्गत पोर्चुगलले लक्जेमवर्गलाई ९(० को फराकिलो अन्तरले पराजित गरेको छ ।

गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेपछि पोरच्गलले सानदार जित हात पारेको हो ।

निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो । गोनकालो इनासियोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । गोनकालो रामोसले १८औं र ३४औं मिनेटमा गोल गरे ।

त्यसपछि इनासियोले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४(० ले अघि बढ्यो ।

डिएगो जोटले ५७औं र ७७औं मिनेटमा गोल गरे । रिकार्डो होर्थाले ६७औं, ब्रुनो फर्नान्डेजले ८३औं तथा जाआओ फेलिक्सले ८८औं मिनेटमा गोल गरे ।

पोर्चुगलले छनोटमा शतप्रतिशत नतिजालाई कायम राख्दै ६ खेलबाट १८ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । लक्जेम्वर्ग ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा स्लोभाकियाले लिचेन्स्टाइनलाई ३(० तथा आइसल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई १(० ले हरायो ।

स्लोभाकिया ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा छ । बोस्निया एण्ड हर्जगोभिना र आइसल्याण्डको समान ६ अंक छ ।

यस्तै छनोट अन्तर्गत समूह डी को खेलमा वेल्सले लात्भियालाई २(० ले पराजित गरेको छ । दोस्रो जितपछि ७ अंक जोडेको वेल्स चौथो स्थानमा छ ।

प्रकाशित मिति : २६ भाद्र २०८० मंगलबार ००:००  ७ : ४४ बजे