१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी प्रदेश अन्तर्गतका पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिन लागेको छ ।

सङ्गठन विस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकले कोसी प्रदेशका १३७ वटै पालिका गठन, पुनर्गठनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

जिम्मेवारी प्राप्त केन्द्रीय समितिका सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरुलाई भोलि प्रशिक्षण दिन लागिएको हो ।

इटहरीस्थित पार्टीको प्रदेश कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कोसी प्रदेशका इन्चार्ज रकम चेम्जोङ लगायतले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०८० मंगलबार ००:००  ७ : ५० बजे