१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं ।मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलिकप्टर १० बजेर १२ मिनेटसम्म सम्पर्कमा थियो । त्यसपछि सम्पर्कविहीन भएको हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए । हेलिकप्टरको खोजी कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।