२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

बाल माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ विहानी सत्रमा सञ्‍चालन हुने



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु बाणगंगामा रहेको बाल माध्यमिक विद्यालय बैरियाले यसै शैक्षिक सत्रदेखि ११ र १२ का कक्षाहरु विहानी सत्रमा सञ्‍चालन गर्ने भएको छ ।

अभिभावक तथा विद्यार्थीको विशेष आग्रह अनुसार दिवा समयमा सञ्‍चालन हुँदै आएका ११ र १२ का कक्षाहरु अबदेखि विहानमा सञ्‍चालन हुने भएको हो । विहानमा कक्षा सञ्‍चालन हुँदा विद्यार्थी तथा अभिभावकलाई सहज हुने भएकाले सबै विद्यार्थीको आग्रह अनुसार विहानमा पढाइ हुन लागेको विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले बताउनुभयो ।

कक्षा ११ र १२ तर्फका संयोजक पोम बहादुर हिस्कीले कक्षा ११ मा नयाँ भर्ना कार्यक्रम आरम्भ भएकोले वाणिज्य, शिक्षा र मानविकी समूहमा अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन गर्न चाहने विद्यार्थीले समयमै आफ्नो सिट सुरक्षित गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २४ असार २०८० आइतबार ००:००  १ : ०२ बजे