२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

करेन्ट लागेर दाङमा युवकको ज्यान गयो

दाङ । करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा केसीलाई करेन्ट लागेको हो ।