रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे । लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई…