दाङ ।विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय सात दिनका लागि बन्द गरिएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको सङ्क्रमण बढेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साउन १८ गतेदेखि साउन २४ गतेसम्म सात दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा, युवा…