काठमाण्डौ ।मुग्लिन–नारायणगढ सडक आज दिउँसोदेखि फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै ठूलो सुक्खा पहिरो खसेको छ । आवतजावत दिउँसो १ बजेदेखि नै दुईतर्फी नै बन्द भएको र बेलुका ५ बजेतिर ठूलो पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर ढुङ्गासहित पहिरो झरिरहेका कारण तत्काल पहिरो हटाउने सम्भावना छैन । कार्यालयका…