२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरूङको घोषणा

काठमाण्डौँ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य कल्याण गुरूङले घोषणा गरेका छन्। आज अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन्। उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्। गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन्। युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन्।