३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सिद्धार्थनगरकी उपप्रमुख काफ्लेसहित पाँच जना एकीकृत समाजवादीमा



बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका ५ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका हुन्।

उपप्रमुख काफ्लेले आफुले निर्वाचन कार्यालय गएर समाजवादीमा सनाखत गराएको बताइन्। उनीसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्।

रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउने जानकारी दिएको समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले जानकारी दिए।

प्रकाशित मिति : २१ भदौ २०७८ सोमबार ००:००  ४ : २८ बजे