७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रदेश २ः एमालेका प्रमुख सचेतकसहित थप २ जनाले रोजे नेकपा (एस)



काठमाडौँ ।
प्रदेश २ मा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतकसहित दुई जनाले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् ।

प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।

आज दुई जना थपिएसँगै प्रदेश २ मा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सभा सदस्यको संख्या १३ पुगेको छ । एमालेमा ८ जनामात्रै रहेका छन् । ११ जनाले भने यसअघि नै एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।

यी हुन् नेकपा (एकीकृत समाजवादी) छोड्ने प्रदेश सभा सदस्यहरु

सुन्दरबहादुर विश्वकर्मा
सीता गुरुङ
शत्रुधन महतो
गोविन्दबहादुर न्यौपाने
डिल्ली उप्रेती
प्रमोद यादव
अशोक यादव
मदनसेन श्रीवास्तव
मन्जु यादव
बेची लुंगेली
रवीन्द्र बैठा
हसिमा खातुन
नागेन्द्र यादव

प्रकाशित मिति : २० भदौ २०७८ आइतबार ००:००  ३ : २३ बजे