२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

लुम्बिनी प्रदेशको हिउँदे अधिवेसन भोलिबाट सुरु हुँदै, सत्तारुढ दललाई फरक-फरक सिट

बुटवल ।लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बुधवार सुरु हुँदै छ। वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको छ। यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रुपमा एउटै पार्टी रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छन्। सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पु¥याइदिएको थियो।…