काठमाण्डौ ।कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको ज्यान गएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ । अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य…