बुटवल । पाल्पाको रम्भाबाट स्याङ्जाको गल्याङ जाँदै गरेको जीप दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ। ग १ ज ३८४१ नम्बरको जीप दुर्घटना हुँदा ९ महिनाको १ जना नाबालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गल्याङ नगरपालिका–३ बुटवल पावर कम्पनीको उकालोमा जिप दुर्घटनामा परेको हो। रम्भा गाँउपालिकाकी ५५ वर्षीया खनीमाया नेपालीको उपचारका…