४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुमा भेटियो सडेको अवस्थामा महिलाको शव



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ बर्षीया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो । मृतकले लगाएको चप्पलले उनको परिवारले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयो ।

बायां खुट्टा जंगली जनावरले खाएजस्तो देखिएको, शव पुर्ण रुपमा सडेको अवस्थामा फेला परेको थियो । मृतकको साथबाट सल्फास नामक बिषादी ५ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको भेटिएको थियो ।

मृतकको श्रीमान १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगी भएकी थिईन् । उनको २ छोरी छन् । घटना शंकाष्पद नदेखिएकाले स्थानीयबासीको सुझाव अनुसार मृतकको शवलाई गाडेर अन्त्यष्टी गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ५ : ४१ बजे