२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

काठमाडौँ विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

काठमाडौँ । विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै काठमाडौँ विश्वविद्यालयमा अनेरास्ववियूका विद्याथीहरुले आइतबारबाट अनिश्चितकालिन तालाबन्दी गरेका छन्। सहमति कार्यान्वयनको बिषयमा छलफल गर्न गएका विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। स्कुल अफ साइन्सुका डीन कन्यौया झाको राजिनामा माग गर्दै तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष सुपुष्प लामाले जानकारी दिए। हामीले विद्यार्थीमाथि दुव्यवहार गर्ने डिनको राजीनामा मागेका हौँ। तर,…