८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति जनकपुरबाट काठमाडौँका गइरहेको ना ६ ख १६४१ नम्बरको बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ५५ वर्षीय कृत बहादुर तामाङको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।