काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन् । भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले ट्विट गरेर शुभकामना दिएका हुन् । उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन् ।…