काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोमछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् । ‘सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग…