८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

शितगंगाका पल्लीमगर कपिलवस्तुमा मृत फेला

अर्घाखाँची । अर्घाखाँची शितगंगा–११ मौवाबारीका ३७ वर्षीय केशबहादुर पल्लीमगर मृत फेला परेका छन् । मृतक पल्ली कपिलवस्तु बुद्धभूमि नगरपालीका ३ रनगाई स्थित बाटोमा आइतबार साँझ फेला परेका हुन् । बाटोमा सुतिरहेको अवस्थामा मृत फेला पारेका स्थानीयले मृतक पल्लीको घरपरिवारमा खबर गरेका थिए ।