रसुवा । मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेकोे सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका ५ वर्षीय फुर्बु याङ्जेन तामाङको न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार राति ९ बजेर ५० मिनेट जाँदा ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभएको छ । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२०…