५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

उदयपुरबाट ६ जना लागुऔषध गाँजाको कारोबारी पक्राउ



उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोबार गर्ने ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बुधबार राति विशेष सुराकीको आधारमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा १ किलो गाँजासहित रौतामाई गाउँपालिका ७ बस्ने वर्ष २२ को युवराज मगरसहित ६ जनालाई पक्राउ गरेको जानकारी दिए। ‘जम्मा ६ जना पक्राउ गरेका छौँ,’ उनले भने, ‘दुईजना चाहिँ गाँजा कारोबारी हुन भन्ने जानकारीमा आएको छ, अन्य चार जनाको बारेमा अनुसन्धान भइरहेको छ, युवराजबाहेक सबैको नाम गोप्य राखेर अनुसन्धानमा छौँ।’

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  १ : ०५ बजे