९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-७ ढल्केमा लु२च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मी दरबारका २५ वर्षीय  मिनबहादुर कुमाल (चालक) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए । ट्याक्टर आइतबार दिउँसो वामीटक्सारबाट मजुवातर्फ जाँदै थियो  ।