काठमाडौँ । सरकारले आज एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा हिजो हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्तिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र…