१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

चीनको कोइला खानीमा बस दुर्घटना २१ कामदारको मृत्यु २९ घाइते

एजेन्सी । चीनको कोइला खानीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको २९ कामदार घाइते भएका छन्।चीनको भित्री मंगोलीया स्वायत्त क्षेत्रमा रहेको कोइला खानीको सुरुङको सडकमा बस दुर्घटना भएको हो।५० कामदार कार्यस्थल लैजाने क्रममा ब्रेक बिग्रिएपछि बस दुर्घटनामा परेको थियो। १५ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। अन्यको अस्पतालमा मृत्यु भएको हो।