१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

शिवमन्दिरमा बालाचतुर्दशीको रौनक, दिवंगत पितृका नाममा बत्ती बालिने

काठमाडौं । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी भोली बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको…