८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

धनकुटामा अनिश्चितकालीन कर्फ्यू

धनकुटा, ४ माघ । धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो । ३४ दिनदेखि चलिरहेको आन्दोलन र हडतालले धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ…