१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अमेरिकी महिला सांसदले गरिन् राष्ट्रपति ट्रम्पलाई अश्लील गाली



वाशिङ्टन । अमेरिकाको प्रतिनिधिसभामा विपक्षी डेमोक्र्याट पार्टीकी एक जना महिला सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अश्लील गाली गर्नुका साथै उनलाई महाअभियोग लगाउने सार्वजनिक मन्तव्य दिएपछि उनी एकाएक चर्चामा आएकी छन् । रशिदा तलिब नामकी प्यालेस्टाइनी–अमेरिकी समूहबाट अमेरिकी संसदमा पुग्ने पहिलो व्यक्तिसमेत भएकी उनी अहिले अमेरिकी संसदमा रहने दुई मुश्लिम महिला मध्येकी एक हुन् । गएको बिहीबार रातिको एउटा सार्वजनिक कार्यक्रममा राष्ट्रपतिलाई अश्लील गाली गर्दै उनलाई आफूहरुले महाअभियोग लगाउन लागेको बताएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले रशिदाले त्यसो भनेर आफ्नै अपमान गरेको बताएका छन् । रशिदाले पहिलादेखि नै राष्ट्रपति ट्रम्पको आलोचना गर्दै आएकोमा पछिल्लो पटक अश्लील गाली समेत गरेकी हुन् । उनले बोलि नसक्दै कार्यक्रममा सहभागीहरुले ताली बजाएर उनको स्वागत गरेका थिए । सन् १९७६मा अमेरिकाको मिचिगनमा जन्मेकी रशिदाका बाबुआमा भने  मध्यपूर्वको प्यालेस्टाइन क्षेत्रमा नै जन्मेका हुन् । एजेन्सी

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ६ : ५२ बजे